आँसुको अर्थ ३ मा आकाशको अभिनय

मङि्सर २९, २०७७


गायक शिव परियारको स्वर तथा संगीतमा समावेश ‘आँसुको अर्थ ३’ तिमीले पो सक्यौ त सार्वजनिक भएको छ । अगाडिका २ सिरिजलाई दर्शकले मन पराएपछि शिवले गीतकै तेश्रो सिरिज सार्वजनिक गरेका हुन, रवि अधिकारीले गीतमा शब्द कोरेका छन् ।

गीतको भिडियोमा नायक आकाश श्रेष्ठको मुख्य भूमिका छ । प्रेमिकाको बियोगमा छटपटिएको प्रेमीको भूमिकालाई आकाशले उत्कृष्ट तरिकाले निर्वाह गरेका छन् ।

भिडियोमा नायिका स्वस्तिमा खड्कालाई पनि देख्न सकिन्छ । निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा हरि हुमागाँइको छायांकन, विकास धमलाको सम्पादन छ ।