सानेको ‘स्वागतम माई दिलपुर’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

पुष ११, २०७७


पौष -११,काठमाडौ।
१५ वर्षीय राजेन्द्र सानेको डेब्यु निर्देशित चलचित्र ‘स्वागतम माई दिलपुर’ को पहिलो गीत ‘बोल्दीन जेपिटी’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा कमल घले र लक्ष्मी स्याङ्तानको स्वर रहेको छ।

सम्पूर्ण कामसकेर रिलिजको पर्खाइमा बसेको चलचित्रमा जयकिशन वस्नेत, एलिना रायमाझी, दीपा सिंह ठकुरीलगायतका कलाकारको अभिनय रहेको छ । दिनेश सुवेदीको शब्द रहेको गीतमा सङ्गीत सन्तोष प्रगाडको छ ।

राजबहादुर सानेको कथा एवं परिकल्पना रहेको चलचित्र ‘स्वागतम माई दिलपुर’ का  प्रस्तुतकर्ता सौर्याल थापा र निर्मातामा रमेश वनगोसाई, कुमार केसी छन् ।

राजन महर्जनको कोरियोग्राफर अनि देव महर्जनको द्वन्द्व निर्देशन, तारा थापाको सम्पादन रहेको चलचित्र निकट भबिस्य मै सिनेमा घर राम्रोसँग खुले लगतै प्रदर्शनमा आउने तयारी भइरहेको चलचित्रका परिकल्पनाकार राजबहादुर सानेले जनाएको छन् ।