पुरन थापाले गरे कमेडी फिल्म ‘तीन जुङ्गे’ को घोषणा

पुष १३, २०७७


काठमाडौं – चर्चित निर्देशक, निर्माता तथा कलाकार पुरन थापाले नयाँ फिल्मको घोषणा गरेका छन् । निर्देशक थापाले आफ्नो जन्मदिनमा नयाँ फिल्म ‘तीन जुङ्गे’ को घोषणा गरेका हुन् । 

‘पिरिम पर्‍या छन्’,’कान्छी मट्याङ ट्याङ’ लगायतका फिल्म निर्देशन गरेका थापाले अब फिल्म ‘तीन जुङ्गे’ बनाउने भएका हुन् । 

कमेडी जनरामा निर्माण हुने यस फिल्मको छायांकन माघ तेश्रो साताबाट सुरु हुने बताइएको छ । यस फिल्मको अभिनेता र अभिनेत्री छनोट हुन बाकीँ रहेको बताइएको छ । 

फिल्ममा उनीसँगै लय संग्रौला, दमन रुपाखेती, निक शर्मा, सुमित्रा अधिकारी, रमेश मट्टारे, मनिषा रायमाझी लगायतका कलाकारको अभिनय रहने बताइएको छ । फिल्मलाई अमृत लम्साल र भुवन तिवारीले निर्माण गर्नेछन् ।