कमेडीले भरिपूर्ण “चुरीफुरी” ट्रेलर सार्वजनिक

मङि्सर १०, २०७८


ऋषिराज आचार्यको एक्सन कट रहेको चलचित्र ‘चुरीफुरी’को ट्रेलर सार्वजनिक भएको छ । आगामी पौष ९ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ट्रेलरले कमेडी र सामाजिक कथावस्तुलाई उठान गरेको छ। चलचित्रमा अभिषेक श्रेष्ठ, पूजा पन्तको साथमा रवीन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, पवन खतिवडा, दीपक आचार्य, सुरवीर पण्डित, सुनिता श्रेष्ठ, सोना बज्राचार्य, राजेन्द्र खाती, लक्ष्मी ढकाल लगायतका कलाकारको अभिनय रहेको छ ।

राहुल राईको छायांकन, नवीन निरौलाको सम्पादन रहेको चलचित्रमा ऋषिराज आचार्यको कथा, पटकथा र निर्देशन छ । चलचित्रमा ऋषिको साथमा रीना ढकालको निर्माण छ । विमला भुसाल, राजेन्द्र खाती, शिव थापा, खेमराज भण्डारी यो चलचित्रका सहनिर्माता छन् । चलचित्रमा कमेडीको माध्यमबाट गम्भीर विषय उठान गरिएको निर्देशक आचार्यले जानकारी दिएका छन् ।