एनआइसी एसिया क्यापिटलको वार्षिकोत्सवमा विभिन्न छुट

फागुन २३, २०७८


एनआइसी एसिया क्यापिटल लिमिटेडले स्थापनाको पाँच वर्ष पूरा गरेको अवसर पारेर विभिन्न छुटको योजना ल्याएको छ । क्यापिटलले आफ्नो कम्पनीबाट लगानी गर्ने र विभिन्न योजनामा जोडिएकालाई छुटका साथै नयाँ तथा परिमार्जित योजना ल्याएको ह

कम्पनीले लगानी व्यवस्थापन सेवाअन्तर्गत ग्राहकलाई न्यून लागतमा उच्चकोटीको सेवा प्रदान गर्ने पाँच छुट योजना ल्याएको जनाएको छ । चैत मसान्तसम्म लागू हुने योजनामा लगानी व्यवस्थापन सेवा लिने ग्राहकलाई पहिलो वर्षको वार्षिक नवीकरण शुल्कमा ५० प्रतिशत छुट रहेको छ । त्यस्तै, इन्कम ग्यारेन्टेड फन्डअन्तर्गत हाल ११।३० प्रतिशत रहेकोमा ०।१० प्रतिशत थप गरी वार्षिक ११।४० प्रतिशतको सुनिश्चित प्रतिफल दिने, एक्जिट शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क डिम्याट खाता र निःशुल्क मेरो सेयर खाता प्रदान गर्ने कम्पनीले जनाएको छ ।

एनआइसी एसिया म्युचुअल फन्डअन्तर्गत सञ्चालित पहिलो खुलामुखी योजना एनआइसी एसिया डाइनामिक डेप्ट फन्डको इकाइ खरिद गर्दा खरिद गरिएको इकाइभन्दा २० प्रतिशत बढी इकाइ वा अधिकतम एक हजार रुपैयाँसम्मको इकाइ थप गरी खरिदकर्ताको डिम्याट खातामा जम्मा गरिदिने योजना सार्वजनिक गरिएको छ । मर्चेन्ट बैंकिङ ९संस्थागत परामर्श० सेवाअन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडियासनदेखि कम्पनी स्थापना, स्केलअप हुँदै आइपिओ जारी गर्ने चरणसम्म कम्पनीलाई पु¥याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन तथा आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्ने जनाइएको छ ।

‘एक नेपाली, एक डिम्याट’ खाता अभियानअन्तर्गत ग्राहकलाई विभिन्न छुटसहित सहज, सरल र उच्चकोटीको ग्राहकमुखी सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न सुविधा दिने कम्पनीले जनाएको छ । जसअनुसार निःशुल्क डिम्याट खाता, पाँच वर्ष उमेर नपुगुन्जेल दुई वर्षसम्मको डिम्याट खाता नवीकरण शुल्कमा छुट सुविधा ल्याएको जनाइएको छ । यसका साथै चार वर्षको डिम्याट खाता नवीकरण शुल्क एकमुष्ट भुक्तानी गर्दा पाँच वर्षसम्म डिम्याट खाता नवीकरण हुने, दुई हजार पाँच सय रुपैयाँ एकमुष्ट भुक्तानी गर्दा आजीवन डिम्याट खाता नवीकरण हुने, एनआइसी एसिया विद्यार्थी डिम्याट सेवाअन्तर्गत विद्यार्थीका लागि निःशुल्क डिम्याट तथा मेरो सेयर खाता र एनआइसी एसिया ओपन एन्ड विन डिम्याट योजनाअन्तर्गत स्मार्ट वाचसहित साप्ताहिक रूपमा विभिन्न उपहार योजनाका साथै एनआइसी एसिया बैंक लिमिटेडमा बैंक खाता खोल्दा निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने कम्पनीले जनाएको छ ।