परिक्षण गरेको ७० प्रतिशत विद्यार्थी लागुऔषध दुव्र्यसनको सिकार

चैत ११, २०७८


दाङ ११ चैत ।
दाङमा लागुऔषध दुव्र्यसन प्रयोग कर्ताको संख्या अत्यधिक बढ्न थालेपछि यसलाई रोकथाम गर्नका लागि सरकारवाला निकायहरु लागि परेका छन ।
प्रयोग कर्ताहरुलाई काउन्सिलिङले मात्र नपुगेपछि पछिल्ला दिनहरुमा विद्यालयमै पुगेर युरिन परीक्षण मार्फत लागुऔषध प्रयोग गरेनगरेको छुट्याउन सुरु गरेको छ ।
यहीक्रममा दाङमा लागुऔषध दुव्र्यसन न्युनीकरण गर्नका लागि विद्यार्थी र युवाहरुलाई सचेत बनाउन अभियान चलाई रहेको निर्णय पुर्नस्थापना केन्द्र घोराही–१७ कर्जाही दाङले बिहीबार घोराहीको एक विद्यालयमा परीक्षण गर्दा परीक्षण परीक्षण गरिएकाहरु मध्ये करिव ७० प्रतिशत विद्यार्थीले लागुऔषध सेबन गरेको पाइएको छ ।
विद्यालयमा अभियाननै सञ्चालन गरेर शंंकास्पद विद्यार्थीहरुको युरिन परिक्षण कार्य सुरु गरेको केन्द्रले बिहिबार घोराही १३ बनगाउँस्थित बराहक्षेत्र माविका २० जना विद्यार्थीहरुमा युरिन परिक्षण गरेको छ । जसमा १४ जना विद्यार्थीहरुको लागुऔषध सेवन गर्ने गरेको पाइएको छ ।
सुरुवाती चरणमै यस प्रकारको परिक्षण गर्दा सेवन गरेको थाहा पाउनासाथ अभिभावक र स्वयं विद्यार्थीलाई काउन्सिल गर्दा उनीहरु यस प्रकारका कुलतबाट छुटकारा पाउने विश्वास संस्थाको छ । यस अघि गोरक्ष रन्तनाथ माविमा यस प्रकारको परीक्षण गरेको थियो । संस्थाले आर्थिक अवस्थले भ्याएसम्म यस क्षेत्रका अन्य विद्यालयमा पनि परिक्षण गर्ने जनाएको छ ।
विद्यालयका विद्यार्थीहरुलाई सुधार गर्ने उद्देश्यले युरिन परिक्षण गर्नु सकारात्मक भएको बराहक्षेत्र माविका प्र ज्ञाननाथ योगी बताउँछन । यस प्रकारको परिक्षण सबै विद्यार्थीमा अनिवार्य गर्नुपर्ने उहाँको भनाई छ । योगीले यो परिक्षणलाई राज्यले सबै विद्यालयमा अनिवार्य बनाउन सकेमा लागुऔषध प्रयोगकर्ताको संख्या ह्रवात्तै घट्ने बताउनु भयो ।
विद्यालयमा युरिन परिक्षण कार्यका लागि यतिबेला संस्थाका उपाध्यक्ष विष्णु वली, कार्यक्रम संयोजक निरज भुर्तेल, केन्द्रका संंयोजक विप्लव योगीलगायतको टोली खटिएका थिए । संस्थाले हाल घोराही उपमहानगरपालिकाको सहयोगमा यस प्रकारको अभियान सञ्चालन गरिरहेको भएपनि अन्य दिनमा पनि विद्यालयहरुमा सचेतना कार्यक्रमहरु गर्दै आएको छ ।
संस्था आर्थिकरुपमा सम्पन्न भएमा भोलिका दिनहरुमा सबै जसो टोलहरुमा पनि यस प्रकारको परीक्षण निशुल्क रुपमा सञ्चालन गर्ने लक्ष्य संस्थाको रहेको उपाध्यक्ष विष्णु वलीको भनाई छ ।