नोबेल अस्पतालका डाक्टर मृत भेटिए

चैत १९, २०७८


विराटनगरस्थित नोबेल अस्पतालमा कार्यरत डाक्टर विजय यादव मृत भेटिएका छन् । सप्तरीको राजविराज घर भई विराटनगरमा बस्दै आएका २८ वर्षीय बिजय यादब आज बिहान नोबेल अस्पताल अगाडि मृत भेटिएका हुन् ।

एमबीबीएस डाक्टर यादव नोबेल अस्पताल तीन वर्षदेखि काम गर्दै आएका थिए । उनी अर्थोपेडिक वार्डमा कार्यरत थिए । उनले एमबीबीएस बङ्गलादेशबाट गरेको परिवारले जनाएको छ । अहिले घटनास्थलमा मोरङ प्रहरी टोली पुगेर अनुसन्धान गरिरहेको छ । मृतकका आफन्तहरुले डाक्टरको हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाही गरिनुपर्ने माग राख्दै नाराबाजी सुरु गरेका छन् ।