तुलसीपुरमा उपमेयरका सबैभन्दा लोकप्रिय उम्मेदवार यज्ञ बहादुर के.सी.

बैशाख ०५, २०७९     सन्ताेष के.सी.


बैशाष ५, दाङ । आसन्न स्थानीय तहको निर्वाचन यहि बैशाख ३० गते घोषणा भए सँगै राजनीतिक बृत्तमा उम्मेदवारहरुको चर्चा र परिचर्चा शुरु भएको छ । विभिन्न राजनीतिक दलका नेताहरुमा चुनावी सरगर्मी सुरु भै रहदा तुलसीपुर उपमहानगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रका युवा नेता यज्ञ बहादुर के. सी. लाई बलियो उम्मेदवारका रुपमा हेरीएको छ । विभिन्न संघ संस्थाको सफल नेतृत्व गरी सकेका के. सी. लामो समय देखि राजनितिमा सकृय भएर लागि रहेका छन । तुलसीपुर उपमहानगरपालिका माओवादी केन्द्रका उपाध्यक्ष पनि हुन ।

युवा पुष्ता माझ निकै लोकप्रिय क्रेज बनाएका के. सी. आफु बलियो उम्मेदावर रहेको र पाटिले जिम्मेवारी दिएमा सफल नेतृत्व गर्ने बताउछन । आसन्न स्थानीय तहको निर्वाचनमा गठवन्धनको कुरा आई रहेको छ तलसीपुरमा हाम्रो पाटिले उपमेयरमा दावी गर्दछ र उपमेयर पदको प्रमुख दाबेदार आफु रहेको पनि बताए । उनले भने, म कुरामा भन्दा काम गरेर देखाउने व्यक्ति हुँ । मलाई पार्टीले टिकट दिए, म विजयी पनि हुन्छु । मलाई तुलसीपुरमा काम कसरी गर्ने भन्ने बारेमा सबै कुरा थाहा पनि छ मैले तुलसीपुरका सवै वडाको बस्तु स्थिती राम्रो सँग बुझेको छु ।

के.सी. को लगशिलता, सफल नेतृत्व गर्न सक्ने क्षमता र जिम्मेवारी वहन गर्ने फरक शैलीका कारण उनी स्थानिय तहको निर्वाचनमा सवार्धिक उपमेयर पदका लागि चर्चामा रहेका छन । के. सी. तुलसीपुर उद्योग बणिज्य संघको बिशिष्ट सदस्य, नगरबिकास समिति र लायन्स क्लब अफ दाङका पुर्ब अध्यक्ष हुनुहुन्छ । के. सी. रोटरि क्लब अफ तुलसीपुर सिटिका बर्ष २०२२ /२३ का लागि यस अघि सर्ब सम्मत रुपमा अध्यक्ष चयन भैसक्नु भएको छ ।