नगरको ब्यथिति र भ्रष्टाचार अन्त्य गर्ने तुलसीपुरका मेयरका उम्मेदवार गेहेन्द्र गिरीको दाबी

बैशाख २१, २०७९




तुलसीपुर, वैशाख २१ । तुलसीपुर उपमहानगरपालिकाका पाँच दलिय गठबन्धनका साझा उम्मेदवार तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले लोकतन्त्रको रक्षा संविधानको जगेर्नाका गर्न गठबन्धनका उम्मेदवारलाई अत्यधिक बहुमतले बिजयी गराउन आग्रह गरेका छन् ।
बुधबार गठबन्धनले तुलसीपुरको वडा नं.१८ र १९ मा आयोजना गरेको संयुक्त चुनाबी सभालाई सम्बोधन गर्दै मेयरका उम्मेदवार गिरीले नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री हुँदा संविधानका मूल्य मान्नेताहरु कुुल्चेर अधिनायकबाद लाद्न खोजेको हुँदा त्यसको विरोधमा गठबन्धन निर्माण भएको बताए ।

नेपाली काँग्रेस प्रतिपक्षमा रहेपनि केपी ओलीको अधिनायकबादी सैलीका कारण लोकतन्त्र र संविधान धरापमा पर्न थालेपछि फेरि ती सबै कुराहरुलाई जोगाएर राख्न काँग्रेस नेतृत्वमा आउनु परेको मेयरका उम्मेदवार गिरीले तर्क गरे । एमाले नेतृत्वको सरकार रहँदा मुलुकमा अस्थिरता, ब्यथिति र भ्रष्टचार मौलाएको तथा यतिखेर काँग्रेसले नेतृत्व गरेपछि संविधान र लोकतन्त्रमाथि धावा बोल्नेहरु ओझेलमा परेको गिरीले दाबी गरे । त्यस्तै कोरानाको खोप सबै देशबासीले सित्तैमा सहज र सरल तरिकाले लगाउन पाएको, बिदेश संगको सम्बन्धन सुद्रीढ बनेको तथा अस्तब्यस्त मुलुकको स्थितिमा क्रमिक रुपमा सुधार आउन थालेको तुुलसीपुरका उपमेयर पदका उम्मेदवार तथा नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य जोगबहादुर राना मगरले बताए ।

उपमेयरका उम्मेदवार राना मगरले बितेको पाँच बर्षमा तुलसीपुरमा नेतृत्व गर्ने एमालेको नेताहरुले नगर राम्रो बनाउने भन्दापनि अस्तब्यस्त अवस्थामा पुर्याएको आरोप लगाए । बिद्युत महसुल तिर्न नसकेर उपमहानगरपालिकाको बिजुली बत्ती काटिनुु, उपमहानगरलाई करोडौं ऋणमा डुुबाउनुु, तुलसीपुर घोराही चार लेन सडकको बिजोग बनाउनुु जस्ता कुराहरु आँफैमा उदाहरण भएको उनीहरुले बताएका थिए । गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन मतदातालाई आग्रह गरेका उनीहरुले आँफूूहरुले जितेपछि जनजीविकाको सवालमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।

भोट लिनकै लागि स्मार्ट सिटी, देशकै नमुना सहर भनेर आँफुहरुले नभन्ने बरु जितेपछि तुलसीपुरलाई हरियाली युक्त र सुन्दर बनाउन सबैको राय सल्लाहका आधारमा काम गर्ने उनीहरुले बताए । त्यस्तै शिक्षा, स्वास्थ्य क्षेत्रको स्तरउन्नति र विकाशका लागि ध्यान केन्द्रित गर्ने, स्वरोजगारी सृजना गर्ने ढंगलले सीप मुलक कार्यक्रमहरु ल्याउने, साना तथा मझौंला उद्योग स्थापना गरि संबृद्ध नगर बनाउन पहल गरिने उनीहरुको भनाई थियो । अघिल्लो सरकारले गरेका ब्यथिति र भ्रष्टचार अन्त्य गर्न गठबन्धनका उम्मेदवारलाई बिजयी बनाउन उनीहरुको आग्रह गरेका थिए ।