रोल्पामा कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप

बैशाख २२, २०७९


तुलसिपुर २२ बैशाख ।

रोल्पामा नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको माडी गाउँपालिका–३ तालाबाङ बजारमा चुनावी कार्यक्रम सकेर फर्कने क्रममा गएराति झडप भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । झडपमा परेर काँग्रेसका वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइते हुनुभएको छ । अहिले त्यस क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।