दैलेखको भैरवी गापामा अध्यक्ष र उपाध्यक्षमा महिला

जेठ ०२, २०७९


दैलेख,२ जेठ ।

दैलेखको भैरबी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएसँगै गाउँपालिकाले दुवै पदमा महिला पाएको छ । यस अघि एमाले विजयी भएको थियो ।

गाउँपालिकाको अध्यक्षमा काँग्रेसकी रिता शाही ३९७६ मत प्राप्त गरेर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका सर्वराज महताराले ३९६० मत प्राप्त गर्नुभएको थियो ।

त्यसैगरी उपाध्यक्षममा देवी भण्डारी ३३७४ मतसहित गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित हुनुभएको छ । यो गाउँपालिकामा ४ वटा वडामा एमाले, २ वटामा काँग्रेस र १ वटामा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।