शान्तिनगर ४ मा ५ मतान्तरले एमालेका उमेदवार विजयी

जेठ ०२, २०७९


तुलसीपुर, २ जेठ ।

पश्चिम दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ४ मा एमालेले विजयी हासील गरेको छ । एमालेको तर्फबाट वडा अध्यक्ष पदमा गुमान बहादुर वलीले ९२९ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाका प्रतिद्धन्द्धी कांग्रेसका उमेदवारहरुले ९२४ मत प्राप्त गर्नुभएको थियो । वलीले ५ मतान्तरले कांग्रेसका उमेदवारलाई पराजित गर्नुभएको हो ।

उक्त वडामा २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेले जितेको थियो । गाउँपालिकामा अहिले सम्म चार वडाको नतिजा सार्वजनिक भएको छ । अब तिन वडा बाँकी रहेका छन् ।