शान्तिनगर गाउँपालिकामा कांग्रेस विजयी

तुलसीपुर, ३ जेठ ।
पश्चिम दाङको शान्तिनगर गाउँपालिकामा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् । गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रमोद बस्नेतले ५७१६ मत प्राप्त गरी विजयी हासील गर्नुभएको छ । उहाका प्रतिद्धन्द्धी एमालेका विष्णु केसीले ४५२४ र माओवादी केन्द्रका मोहनलाल वलीले २७९४, एकीकृत समाजवादीका ऋषिराज आचार्यले २५,राप्रपाका टंकराज पाण्डेले १०८ र राष्ट्रिय जनमुक्ती पाटीका धनराज स्वर्णकारले ३ मत प्राप्त गर्नुभएको त्यहाबाट पत्रकार निरास पाण्डेले जानकारी दिनुभयो ।
बस्नेतले केसीलाई ११९२ मतान्तरले पराजित गर्नुभएको हो । यस अघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा केसी कांग्रेसका कमानसिंह डाँगी संग पनि पराजित हुनु भएको थियो । यस्तैगरी उपाध्यक्षमा कांग्रेसका प्रेमा बुढाथोकी ९केसी०ले ५७५० मत प्राप्त गरी निर्वाचित हुनु भएको छ । उहाका प्रतिष्प्रर्धी एमालेका कमला भण्डारीले ४०२८ मत प्राप्त गर्नुभएको हो भने माओवादी केन्द्रका राधिका परियारले ३०८३ , एकीकृत समाजवादीका लता बस्नेतले २८ मत प्राप्त गर्नुभएको पत्रकार पाण्डेले जानकारी दिनुभयो । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनमा गाउँपालिकामा १४ हजार ८०१ मत खसेको थियो ।
वडा अध्यक्षमा निर्वाचितको विवरण
१. माओवादी केन्द्रका जंग बहादुर पुन विजयी
२. स्वतन्त्रबाट सुनिल वली विजयी
३. कांग्रेसका निम बहादुर केसी विजयी
४. एमालेका गुमान बहादुर वली विजयी
५. कांग्रेसका ओपेन्द्र रावत विजयी
६. एमालेका सेर बहादुर भण्डारी विजयी
७. कांग्रेसका तारा बहादुर वली विजयी
गाउँपालिकाको वडा नम्वर ४ र ६ को वडा अध्यक्षमा एमालेका उमेदवार निर्वाचित भएता पनि ती वडाहरुमा अन्य चार(चार जना सदस्य कांग्रेसका निर्वाचित भएका छन् ।