भरतपुरमा रेनुलाई २२६ मतको अग्रता

जेठ ०३, २०७९


चितवन ३ जेठ।

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल नेकपा एमालेका विजय सुवेदी भन्दा २२६ मतले अग्रता लिएकी छन् ।

१९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी छन् । एमालेका सुवेदीले ६ हजार ४५२ मत प्राप्त गरेका छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत ल्याएकी छन् ।