शान्तिनगर गाउँपालिका अध्यक्ष बस्नेतले भने : मलाई हराउन लागेकाे काँग्रेसभित्रको ठूलो शक्ति असफल भयाे

जेठ ०४, २०७९


तुलसीपुर, ४ जेठ ।

शान्तिनगर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रमोद बस्नेतले अन्तरघात गर्नेलाई कारबाही गर्ने बताउनु भएको छ । आफुलाई हराउन काँग्रेस भित्रको ठूलो शक्ति लागे पनि असफल भएको भन्दै सत्य तथ्य छानबिन गरेर सार्वजनिक गरिने बताउनुभयो ।

विजयी र्याली पछि आयोजी त कोणसभलाई सम्बोधन गर्दै बस्नेतले मतदाता सामु गरेका बाचा र अधुरा योजना पुरा गर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस जिल्ला पार्टी सभापति शंकर डाँगीले पार्टीका आधिकारिक उम्मेदवारहरुका विरुद्ध लाग्नेलाइ कारबाही हुने बताउनुभयो ।