नेपाल टी-टवान्टी लिगको पहिलो संस्करण असोज ८ गतेबाट

जेठ ०४, २०७९


नेपालको आधिकारिक फ्रेन्चाइज लिग नेपाल टी-टवान्टी लिग असोज ८ गतेबाट हुने भएको छ । बुधबार नेपाल क्रिकेट सघ (क्यान) ले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र क्यान अध्यक्ष चतुरबहादुर चन्दले लिगको घोषणा गरेका हुन् ।

लिग असोज ८ गतेबाट सुरु भएर कार्तिक ५ गतेसम्म चल्ने छ । पहिलो संस्करणको प्रतियोगितामा ६ टोली सहभागिता जनाउनेछन् । क्यानले टिमको घोषणा गरेको छैन ।