निरुदेवीको आक्रोश, ‘अब सातामा तीन दिन विदा दिउँ’
जेठ ०६, २०७९
![](http://sampurnakura.com/wp-content/uploads/2022/05/Nirudebi-pal-1-1024x576.jpg)
संघीय संसदमा एमालेकी नेतृ निरुदेवी पालले सरकारको दुईदिन बिदाको नीतिविरुद्ध तीब्र आक्रोश पोखेकी छन् । पेट्रोलियम पदार्थको खपत कम गर्ने नाममा सरकारले सातामा दुईदिन विदा दिएर गलत गरेको भन्दै नेतृ पालले थप एक दिन थपेर सातामा तीन दिन विदा दिन सरकारलाई ब्यङ्ग्य गरिन् ।
‘दुईदिन मात्र किन अब तीन दिन नै बिदा दिउँ । न्याय क्षेत्रको रिटका चाङका चाङ लाग्न दिउँ । संसद पनि अब गृहमन्त्रालयलाई नै चलाउन दिउँ न’ उनले आक्रोश पोखिन । सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने भन्दै जेठ १ गतेदेखि सातामा दुई दिन शनिबार र आइतबार विदा दिने नीति कार्यान्वयनमा ल्याएको छ । यसको अहिले चौतर्फी विरोध भइरहेको छ ।