एमाले जिल्ला अध्यक्षको वडामा गठवन्धनका उम्मेदवार चौधरी बिजयी

जेठ १०, २०७९


दाङ, १० जेठ । नेकपा एमाले दाङका अध्यक्ष हुकुम बहादुर बस्नेतको वडामा नेकपा एमाले पराजय भएको छ । जिल्ला अध्यक्ष बस्नेतको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ मा काँग्रेस माओवादी गठवन्धनका खुशीराम चौधरी बिजयी भएका हुन् । तुलसीपुर उपमहानगरपालिकामा एमाले ले अग्रता लिईदै गर्दा जिल्ला अध्यक्षको वडा भने हारेको छ ।

वडा नं. १२ को वडा अध्यक्षमा गठवन्धनदलका तर्फबाट नेकपा माओवादी केन्द्रका खुशीराम चौधरीले नेकपा एमालेका मान बहादुर खत्री लाई २ सय १० मतले पछि पार्दै वडा अध्यक्षमा बिजयी भएका हुन् । चौधरीले २ हजार ४ मत प्राप्त गर्दा एमालेका खत्रीले १ हजार ७ सय ९४ मत प्राप्त गरेका थिए । यस्तै वडा सदस्यमा गठवन्धनदलको प्यानलै विजयी भएको छ ।