सुनको मूल्य तीन दिनदेखि किन स्थिर ?

जेठ १०, २०७९


काठमाडौं २० वैशाख।

सुनको मूल्य तीन दिन देखि स्थिर छ । गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेपछि त्यसयता सुनको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अहिले छापावल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ छ । यस्तै तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य १२ सय ७० रुपैयाँमा स्थिर छ ।

चाँदीको मूल्य गत बिहीबार यता बढेकै छैन भने सुनको मूल्य शुक्रबार केही मात्रै बढेको थियो ।

सुनको मूल्य स्थिर रहनुका कारण अन्तराष्ट्रिय बजार नै प्रमुख कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । सुन चाँदीको मूल्य अन्तराष्ट्रिय बजारमा मै स्थिर छ, हाम्रोमा त्यसैको कारण पनि स्थिर भएको हो,’ अध्यक्ष शाक्यले भने ।