दाङमा रगतको चरम अभाब, रिपोर्टस क्लबको समन्वयमा १६ जनाले गरे रक्तदान

जेठ ११, २०७९     बिमल गौतम


तुलसीपुर, जेष्ठ ११ । दाङमा रगतको चरम अभाब सृजना भएपछि बुधवार रिपोर्टस कल्ब दाङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । तुलसीपुर स्थित कालिकादेवि रक्त सन्चार केन्द्रमा आयोजित रक्तदा कार्यक्रममा बोल्ने बक्ताहरुले बजारमा रगतको अभाब हुदा सम्म पनि सरोकार वालाहरु मौन रहनु आश्चर्यजनक रहेको बताएका थिय । सरोकार वाला निकायले सक्रियताका साथ रगत सङ्कलनमा चासो नदेखाउदा ठुलो समस्या आईपरेको भन्दै बिभिन्न सङ्घ सस्थाहरुको ध्याणाकर्षण समेत गराएका थिय ।

उनिहरुले सञ्चार क्षेत्रमा क्रियाशिल सस्था रिपोर्टस क्लबले सामाजिक उत्तरदायित्व पुरा गरेको भन्दै धन्यवाद ज्ञापन समेत गरेका थिय । रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता एवम नेपाल पत्रकार महासङ्घ दाङका अध्यक्ष दुर्गालाल केसिको प्रमुख आतिथ्यतामा कार्यक्रम उदघाटन गरिएको थियो । कार्यक्रममा तुलसीपुर उद्योग बणिज्य संघका पुर्ब अध्यक्ष बिमल रिजाल,रोटरि क्लब अफ तुलसीपुर सिटिका अध्यक्ष यज्ञबहादुर केसि,वडा नम्बर पाचका वडा सदस्य भिमबहादुर केसि,लगायतकाले बोल्नु भएको थियो । सो अबसरमा बोल्ने बक्ताहरुले रिपोर्टस क्लबको समन्वयमा रक्तदान जिवनदान “गर्नुहुने तुलसीपुर मेट्रो कलेजका बिधार्थिहरु, जनप्रतिनिधि, सुरक्षाकर्मि, पत्रकार, ब्यबसायिरुमा धन्यवाद ज्ञापन गरिएको थियो ।

कार्यक्रमको सहजिकरण कलबका महासचिव बिमल गौतमले गर्नुभएको थियो । सो अबसरमा तुलसीपुर मेट्रो कलेजका बिधार्थिहरु तिलक रावत,समिर पोख्रेल,दामोदर खडका,सितल नेपालि,सङ्गिता बिक,प्रतिमा मल्ल,निर्मला खत्री ,रेश्मि थापा,र हसिना बुढामगरले रक्तदान गर्नुभएको थियो । त्यसैगरि बिमल रिजाल,हेमराज बस्नेत,लालु चौधरि,निकिता योगि र भक्तबहादुर राहुमगर र सन्दिपन रिजालले बुधवार आयोजित कार्यक्रममा रक्तदान गर्नुभएको थियो ।