‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु

जेठ ११, २०७९


फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ को छायांकन सुरु भएको छ । बुधबार काठमाडौँको धर्मस्थलीबाट फिल्मको छायांकन सुरु भएको हो । देवेन्द्र पाण्डेको निर्देशन रहेको फिल्म सौरपानी मिडिया प्रा।लिको ब्यानरमा निर्माण बन्न लागेको हो । मोहन निरौला, उत्तम केसी, सरु सुनुवार, शुभम् आचार्य र सविना न्यौपाने लगायतको अभिनय फिल्ममा रहनेछ ।

निर्देशक पाण्डेले फिल्म ‘मानिस ठूलो दिलले हुन्छ’ सामाजिक विषयवस्तुमा निर्माण गर्न लागेको बताए । पाण्डेले यस अगाडि दुई फिल्म र थुप्रै म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । करीब १५ दिन छायांकन सेड्युल रहेको फिल्मको छायांकन उत्सव दाहाल र सम्पादन विकास दाहाल रहेका छन् ।