तुलसीपुरमा जेष्ठ नागरिक सहित दुई महिने शुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा

जेठ १२, २०७९


तुलसीपुर , १२ जेठ ।

 तुलसीपुर उपमहानगरपालिकाको प्रथम कार्यपालिका बैठक सम्पन्न भएको छ । नवनिर्वाचित मेयर,उपमेयर सहित सवै जनप्रतिनिधिहरुले पद तथा गोपनियताको सपथ ग्रहण पछि बसेको कार्यपालिका बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

जसमा भुमीहिन सुकुम्वासीलाई पुर्जा वितरण गर्ने प्रक्रियालाई तत्काल अघि बढाउने, ७० बर्ष माथिका जेष्ठ नागरिक , दुई महिने सुत्केरी महिलालाई नगर क्षेत्र भित्र निशुल्क एम्वुलेन्स सेवा दिने निर्णय गरेको छ ।यस्तैगरी विजयी बनाउनुहुने आम मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि बैठकले गरेको छ ।