घनश्याम पाण्डेले भने‘हामीले नयाँ मेयरलाई ऋणको भारी होईन्, १७ करोड बढि नगद हस्तान्तरण गरेका छौं’

जेठ १२, २०७९


तुलसीपुर १२ जेठ ।

 तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान नगर प्रमुख घनश्याम पाण्डेले नयाँ मेयरलाई ऋणको भारी नभई उल्टै नगदसहित पद हस्तान्तरण गरेको बताएका छन् ।

तुलसीपुरमा नवनिर्वाचित पदाधिकारीको पदभार ग्रहण कार्यक्रममा उनले नयाँ मेयरलाई उल्टै १७ करोड नगदसहित पद हस्तान्तरण गरेको बताए ।

अहिले ऋणमा लागेको भनि गलत प्रचार भएको उनी बताउछन् । उनले निर्वाचनकै क्रममा बाँकी रहेको सबै दायित्व तिरिसकेको समेत बताए ।