शान्तिनगरलाई अपांगमैत्री बनाउछु: अध्यक्ष बस्नेत

जेठ १६, २०७९     निराश पान्डे


शान्तिनगर, १६ जेठ ।

शान्तिनगर गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई आज एक कार्यक्रमका बिच स्वागत एवं सम्मान गरिएको छ। यसै क्रममा राप्ती बहिरा संघ तुलसीपुरको आयोजना एवं अपांग संजाल शान्तिनगरको सह आयोजना र शान्तिनगर गाउँपालिकाको समन्वयमा भएको सम्मान कार्यक्रममा राप्ती बहिरा संघकि कार्यकारी निर्देशक प्रतिमा शर्मा, राष्ट्रिय अपांग संघ लुम्बिनी प्रदेश सचिब अजय शर्माले गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत , उपाध्यक्ष प्रेमा के.सी लगाएत अन्य नवनिर्वाचित जनप्रतिनिधिहरुलाई टीका र खादा लगाएर सम्मान गरेका थिए ।

राप्ती बहिरा संघकि उपाध्यक्ष रुपा वि‍.कको सभापतित्व तथा गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्यता र उपाध्यक्ष प्रेमा के.सी को विशिष्ट आतिथ्यतामा भएको सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष बस्नेतले शान्तिनगर गाउँपालिकालाई अपांग मैत्री बनाउने कुरामा जोड दिनु भएको छ। साथै अध्यक्ष बस्नेतले आगामी आर्थिक बर्षको बजेट विनियोजनमा अपांगहरुको लागि सबै वडाहरुले प्राथमिकता दिनु पर्ने बताएका छन। कार्यक्रममा उपाध्यक्ष प्रेमा के.सी, निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण कंडेल ,वडा नम्बर ३ का अध्यक्ष मीन बहादुर के.सी, ५ का अध्यक्ष ओपेन्द्र रावत, ७ का अध्यक्ष तारा बहादुर ओलि, ४ का अध्यक्ष गोमान बहादुर ओलि, अपांग संजाल शान्तिनगरका अध्यक्ष निम बहादुर नेपालीले आ–आफ्नो धारणा राख्नु भएको थियो।

यसै बिच राप्ती बहिरा संघ दाङले आज चिराघाटमा एक दिने अपांगता अधिकार सम्बन्धि अभिमुखिकरण गोष्ठी सप्पन्न गरेको छ। गोष्ठीमा अन्तर्राष्ट्रिय नितिहरु, राष्ट्रिय स्वास्थ्य नीति, बालबालिका सम्बन्धि ऐन, राष्ट्रिय ऐन कानुन र नितिका बारेमा कार्यकारी निर्देशक प्रतिमा शर्माले सहजीकरण गर्नु भएको थियो, भने कार्यक्रमको संचालन देबा डाँगीले गर्नुभएको थियो ।