दङ्गिशरण गाउ कार्यपालिकामा नेपाली काङ्ग्रेसको पुर्ण बहुमत ।

जेठ १६, २०७९     प्रमोद आचार्य


जेष्ठ १६, दङ्गिशरण गाउपालिकाको कार्यापालिका निर्बाचनका लागि आज सम्म्पन मतदानमा नेपालि काङ्ग्रेसको तर्फ बाट उम्मेदवारी दियका ६ जना उम्मेद्बारहरुनै बिजय भयको निर्बाचन अधिकृत देबराज भारतीले जानकारी दिनुभयो ।निर्बाचन कार्यतालिका अनुसार बिहान १० बजे देखि बेलुका ५ बजे सम्म मतदानको समय तालिका भयतापनि दलहरुको सहमतिमा निर्धारित समय अगाडि नै मतगणना गरियको थियो । कार्यपालिका निर्बाचन प्रक्रियामा दुई राजनैतिक दल नेपालि काङ्ग्रेस र नेकपा एमाले बिच प्रतिस्पर्धा भयको थियो । कार्यपालिका निर्बाचनको अन्तिम मतपरिणाम घोषणा भए सङ्गै दङ्गिशरण गाउपालिकाको कार्यपालिकामा नेपाली काङ्ग्रेसको पुर्ण बहुमत रहेको छ । बैसाख ३० मा सप्पन्न स्थानिय तहको निर्बाचन बाट निर्बाचित ३७ जनप्रतिनिधि मध्य नेपाली काङ्ग्रेस बाट २० नेकपा एमाले बाट १६ र माओबादीकेन्द्रका १ गरि ३७ जनप्रतिनिधि कार्यपालिका निर्बाचनमा सहभागि भयका थिए । मत परिणाम अनुसार नेपाली काङ्ग्रेस लाइ २१ र नेकपा एमाले लाई १६ मत प्राप्त भयको थियो । निर्बाचित हरु महिला मध्य टंकी भण्डारी, मिना चौधरी, चन्दा योगि, द्रोपती थरुनि, मनोनित दलित मध्य कृषणे कामी, अल्पसंख्यक बाट सितरा नेपाली निर्बाचित हुनुभएको हो । कार्यपालिकामा निर्बाचित मध्यबाट ४ महिला र मनोनित तर्फ बाट एक दलित र एक अल्पसंख्यक रहनुपर्ने प्राबधान रहेको थियो ।।