दाङमा अवैध लागुऔषध (ब्राउनसुगर)सहित दुई जना पक्राउ

जेठ १७, २०७९


तुलसीपुर,१७ जेठ ।

दाङमा अवैध लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका पौने १० बजेको समयमा घोराही उपमहानगरपालिका९१७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागुऔषध ९ब्राउनसुगर० सहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

जिसीको घरबाट अवैध रुपमा ब्राउन सुगरको ओसारप्रसार तथा विक्री वितरण गरी रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिगएको टोलीले घोराही९१४ निवासी २४ वर्षिय पुजन राज कँवर र घोराही९१५ निवासी २२ वर्षिय विष्णु बुढा मगरलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरु दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

यस्तै, लागुऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद९३ को दफा १४ को खण्ड ९छ० को २ मा भएको व्यवस्था बमोजिम २५ ग्रामदेखि १०० ग्रामसम्मको परिमाण भए १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाख सम्म जरिवाना हुने कानूनी व्यवस्था छ