मन्त्री डिल्ली चौधरीबाट नमः छु बौद्ध विहार को उद्घाटन गरिने

जेठ २१, २०७९     प्रेम विवश घर्ती


दाङ, २१ जेठ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.–५ मा रहेको नमः छु बौद्ध विहार गुम्बाको उद्घाटन यही जेठ २५ गते गरिने भएको छ । गुम्बाको उद्घाटन लुम्बीनी प्रदेश ग्रामिण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले गर्ने भएका छन् । नेपाल मगर बौद्ध सेवा समिती दाङको अध्यक्ष मनी बुढा मगरको अध्यक्षतामा आज तुलसीपुरमा बसेको बैठकले उत्त उद्घाटन कार्यक्रमको लागी विभिन्न उपसमिती गठन गरेको छ । बैठकले आर्थिक संयोजकमा देव बहादुर रोका मगर , अतिथी सत्कार संयोजकमा टोप बहादुर घर्ती मगर ,प्रचार प्रसार संयोजकमा प्रेम विवश घर्ती मगर , मञ्च व्यवस्थापन संयोजकमा राम कुमार घर्ती मगर , सँस्कृतिक संयोजकमा दत्त बुढा मगर र जलपान व्यवस्थान संयोजकमा रुपलाल घर्ती मगरलाई चयन गरेको छ ।

जेठ २५ गते विहान ११ बजे तुलसीपुर अरनीको मैदानबाट ¥याली शुरु भै नमः छु बौद्ध विहार गुम्बामा समुद्घाटन कार्यक्रम हुनेछ । साथै सोही दिन नेपाल मगर बौद्ध सेवा समिती दाङको प्रथम अधिवेशन समेत हुने प्रचार प्रसार संयोजक प्रेम विवश घर्ती मगरले जानकारी दिनुभएको छ ।