तुलसीपुरका हिराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री बन्ने

जेठ २२, २०७९


तुलसीपुर, २२ काठमान्डौ ।

दाङबाट हिराचन्द्र केसी र मेटमणी चौधरी मन्त्री बन्ने भएका छन् । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलका अनुसार स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रम मन्त्री बन्नेछन् ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । सरकारमा सहभागी हुने नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बुझाएको पौडेलले बताउनुभयो ।