फर्पिङको जंगलमा एक जोडी मृत फेला

जेठ २३, २०७९


काठमाडौंको फर्पिङस्थित जंगलमा एक जोडी मृत फेला परेका छन् । सोमबार बिहान फर्पिङको जंगलमा एक जोडी मृत फेला परेका हुन् । मृत फेला परेका युवक र युवतीको शव नजिकबाट प्रहरीले विषादीको बट्टा समेत बरामद गरेको छ । उनीहरुको मृत्युको कारण भने खुलिनसकेको प्रहरीले जनाएको छ ।

‘काठमाडौंको फर्पिङ जंगलमा युवक र युवती मृत फेला परेका छन्, मृतकको शव नजिकबाट विषादीको बट्टा समेत बरामद भएको छ’ काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरोका एसएसपी वसन्त कुँवरले भने, घटनाबारे थप अनुसन्धान हुँदैछ ।’