हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता

जेठ २३, २०७९     सम्पूर्ण कुरा


सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय फिर्ता लिएको छ । असार १ गतेदेखि लागु हुने गरी आइतबारको बिदा खारेज गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

श्रममन्त्री किसान श्रेष्ठकाअनुसार परीक्षणका लागि हप्तामा २ दिन बिदा दिइएकोमा व्यवहारिक नभएकाले असारदेखि शनिवार मात्रै सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।

यसअघि सरकारले जेठ १ गतेदेखि शनिवार र आइतबार गरी हप्तामा २ दिन बिदा निर्णय गरेको थियो ।