तुलसीपुरको वेस्टन होटेल थ्रिस्टारको सूचिमा

जेठ २४, २०७९     शरद रेग्मी


२४ जेष्ठ, तुलसीपुरमा रहेको वेस्टन पार्टि प्यालेस थ्रिस्टारको सूचिमा परेको छ । खाद्य सुरक्षाका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरले गरेको अनुगमण तथा मूल्याङकनमा वेस्ट्रन र मेट्रो ले विभिन्न सुचकमा ९० अंक प्राप्त गरि थ्रिस्टारको सूचिमा पर्न सफल भएका हुन् । सोमवार र मंगलवार गरिएको अनुगमनमा तुलसीपुर उपमहनगरपालिका भित्र रहेका २४ वटा होटलहरु मध्ये नौ वटा होटल उत्तम, ७ वटा सन्तोषजनक र अरु सामान्य सूचिमा परेका छन् भने एउटा होटलले ५० भन्दा कम अंक प्राप्त गरेर मापनको कुनै पनि सूचिमा परेन ।

होटलको गुणस्तर मापन अति उत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चारवटा क्षेत्रमा गर्ने गरीएको छ । ९० अंकभन्दा माथि संक प्राप्त गर्ने अति उत्तम, ८० भन्दा माथि र ८९ भन्दा कम अंक प्राप्त गर्नेलाई उत्तम, ६५ देखि ७९ अंक प्राप्त गर्नेलाई सन्तोषजनक र ५० देखि ६४ सम्म अंक प्राप्त गर्नेलाई सामान्यको लोगो टाँस गर्ने गरिएको हो । तुलसीपुर क्षेत्रमा रहेका होटलहरुको सेवा, खाद्यवस्तु, सरसफाईलगाएतका सूचाङकमा राखेर होटलको स्तरीकरण सुरु गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख उज्वल रायमाझीले बताएका छन ।

अनुगमनमा स्थानिय खाद्य स्वच्छता समूहका संयोजक दोर्ण आचार्य, सदस्य, सचिव, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसिपुरका राजेश चौधरी, प्रहरीका प्रतिनिधि, पत्रकार लगायतको उपस्थितिमा होटलको अनुगमण तथा मूल्याङकन गरिएको हो । अनुगमन बुधबार पनि जारी रहने प्रमुख रायमाझिले जानकारी दिएका छन ।