नेपाल निर्बृत शिक्षक समाज दंगिशरण गठन

असार २८, २०७९


प्रमोद आचार्य, असार २८। नेपाल निर्बृत शिक्षक समाज दाङले स्थानीय तह कार्यसमिति गठन अधिबेशन दंगिशरण गाउँपालिकाको हेकुलिमा सम्पन्न गरेको छ । नेपाल निर्बृत शिक्षक समाज दाङका अध्यक्ष गोबिन्द पौडेलको शभापतित्व, समाजका केन्द्रिय उपाध्यक्ष संकर दिबश मज्गैयाको प्रमुख आथित्यता तथा दंगिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरिको बिशिस्ट आथित्यतामा पालिका स्तरिय ७ सदस्यीय नेपाल निर्बृत शिक्षक समाज दंगिशरण गठन गरिएको हो ।

जसको अध्यक्षमा श्याम शर्मा, उपाध्यक्षमा लक्ष्मण देबकोटा, सचिबमा बिनोद कुमार राना, कोषाध्यक्षमा भुबनदाश डागि यसैगरी सदस्यहरुमा इन्द्रलाल अधिकारि, रोबरसिंह ढकाल र इस्वरि गौतम निर्बिरोध निर्बाचित हुनुभएको हो । शिक्षकहरुलाइ राज्यले हेर्ने नजर फरक भएको कार्यक्रममा बोल्ने बक्ताहरुले आरोप लगाएकाछन । निजामती कर्मचारीलाइ दिइने सेवासुबिधा र शिक्षकहरुलाइ दिइने सेवासुबिधामा बिभेद गरेको गुणासो गरेकाछन ।

कार्यक्रममा दंगिशरण गाउपालिकाका उपाध्यक्ष पिमा खड्का, नेपाल शिक्षक संघ दंगिशरणका निबर्तमान अध्यक्ष गोबिन्द प्रसाद आचार्य, शिक्षक महासंघ दंगिशरणका निबर्तमान अध्यक्ष लक्ष्मण देबकोटा लगायतको उपस्थिति रहेको थियो । समाजका दांङ जिला कोषाध्यक्ष खुमानन्द अधिकारिको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिब दामोदर पौडेलले गर्नुभएको थियो ।