दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु

असार २९, २०७९


दाङ
२९ असार / दाङमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन ।

मृत्यु हुनेमा दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया बस्ने ६८ वर्षीया सुमित्रा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । मंगलवार आफ्नै बारीमा गएको समयमा नाम नखुलेको सर्पले डसेको प्रहरीले बताएको छ ।

त्यसैगरी सर्पको टोकाईबाट घोराही उपमहानगरपालिका १३ वनगाउँ बस्ने प्रदिप बुढामगर घाइते भएका छन् । मगरलाई दिउँसो ३ बजे बाटोमा हिड्ने क्रममा सर्पले डसेको प्रहरीले बताएको छ ।

घाइते मगरको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।