ज्ञानज्योती प्राबि बोगटिका विद्यार्थी एक्कासी बिरामी

असार २९, २०७९


प्रमोद आचार्य असार २९, दंगिशरण गाउँपालिका वडा न. ७ मा रहेको ज्ञानज्योति प्राथमिक बिद्यालय बोगटिमा अध्ययनरत अधिकांस विद्यार्थीहरु एक्कासि बिरामि परेका छन । पेट दुख्ने, खुट्टा दुख्ने, चिच्याउने, छट्पटी गर्ने लक्षण सहित बिरामि परेपछि श्रीगाउ प्राथमिक स्वास्थ्य केन्द्र बागरको डाक्टरको टोलि सहित विद्यालयमा पुगि बिरामी परेका विद्यार्थीहरुको स्वास्थ्य चेकजाच समेत गरेकोछ ।

पठनपाठन भइरहेको समयमै कक्षा ५ का ७/८ जना विद्यार्थीमा एक्कासि कराउने पेट दुख्ने छट्पटी हुने समस्या देखियपछि बिधालयकि प्र.अ. यम कुमारी बस्नेतले गाउँपालिकामा खबर गराउनुभएको थियो । गाउँपालिका अध्यक्ष शम्भु गिरी सहित शिक्षा प्रमुख बिनोद अधिकारी तुरुन्त बिधालयमा पुगि बिधार्थिको स्वास्थ्य अबस्था बारे जानकारि लिदै बिधालयको भौतिक अबस्था बारे समेत जानकारि लिनुभएको थियो । स्वास्थ्य टोलिमा गएका डाक्टर कृस्ण घर्तिका अनुसार (Mass conversion disorder) का कारण विद्यार्थीहरुमा उक्त समस्या देखापरेको बताउनुभयो ।

बढ्दो गर्मिका कारण बिधार्थिहरु दैनिक फरक फरक किसिमको लक्षण सहित बिरामि पर्न थालेपछि आज देखि १३ गते सम्म उक्त बिधालय बन्द गर्न शिक्षा शाखा प्रमुख बिनोद अधिकारिले निर्देशन समेत दिनुभयो । यस्तै पालिका अध्यक्ष शम्भु गिरिले विद्यालयको भौतिक अवस्था बारे बुझ्दै कक्षाकोठामा फ्यान सहित उपयुक्त कक्षाकोठा निर्माणमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।