उपसभामुख कांग्रेसले लिने सत्ता गठबन्धनमा सहमति

असार २९, २०७९


असार २९, सत्ता गठबन्धनमा उपसभामुख नेपाली कांग्रेसले लिने सहमति भएको छ । झण्डै तीन वर्षदेखि खाली रहेको उपसभामुख कांग्रेसको भागमा परेको हो । सभामुख अग्नि सापकोटाले ३१ गते उपसभामुखको निर्वाचन हुने कार्यतालिका सार्वजनिक गरिसकेका छन् ।

२०७६ फागुनमा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिए सँगै अर्को चयन हुन सकेको छैन । उपसभामुख कांग्रेसलाई दिने गरी सहमति भइसकेको नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए । उनले राष्ट्रियसभा उपाध्यक्षको समेत निर्वाचन छिट्टै हुने बताए । उपाध्यक्ष कुन दलले लिने भन्नेमा भने सहमति नभइसकेको उनले बताए ।