ज्ञानज्योतिले मनायो भानु जयन्ती र गुरु पूर्णिमा
असार २९, २०७९

तुलसीपुर, २९ असार । बुधवार ज्ञानदीप कलेज र ज्ञानज्योति सेकेण्डरी स्कूल तुलसीपुरले विभिन्न कार्यक्रम गरी भानु जयन्ती तथा गुरु पूर्णिमा मनाएका छन् ।
कार्यक्रमअन्तर्गत ज्ञाज्योति सेकेण्डरी स्कूलका विद्यार्थीहरुले कवि भानुभक्तको प्रतिमा डोलीमा बोकेर रामायण बाचन गर्दै तुलसीपुर बजार परिक्रमा गरेका थिए । परिक्रमापछि विद्यालयमा आयोजना गरिएको कार्यक्रममा बोल्ने वक्ताहरुले कवि भानुभक्त आचार्यले नेपाली साहित्यको क्षेत्रमा पु¥याएको योगदानको बारेमा चर्चा गरिएको थियो ।
त्यस्तै ज्ञानदीप कलेजको विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले कलेजमा कार्यक्रमको आयोजना गरी सम्पूर्ण शिक्षक÷शिक्षिकाहरुलाई टीका र खादा लगाएर गुरु पूर्णिमा मनाएका छन् । कलेजले अन्य विभिन्न अवसरहरुमा पनि अतिरिक्त क्रियाकलापहरु गर्दै आएको कलेजका शिक्षक शरद गौतमले जानकारी दिनुभयो ।