उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता, भोलि मतदान

असार ३०, २०७९


असार ३०, प्रतिनिधि सभाको उपसभामुखको निर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएको छ । मनोनयनका लागि आज बिहान ११ बजेदेखि १ बजेसम्मको लागि समय तोकिएको छ । उम्मेदवारको सूची पनि आजै प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

मतदान शुक्रबार दिउँसो ३ बजेदेखि सुरु हुने संसद् सचिवालयले प्रकाशित गरेको कार्यसूचीमा उल्लेख छ । सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेले भने उम्मेदवारी दिनेबारे कुनै निर्णय गरिसकेको छैन ।