गठबन्धनबाट पुष्पा भुसाल र एमालेबाट विद्या भट्टराई उपसभामुखको उम्मेदवार

असार ३०, २०७९


असार ३०, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उपसभामुखमा सांसद विद्या भट्टराईलाई उमेदवार बनाएको छ । पार्टीले उपसभामुखमा उम्मेदवार बनाउने भएपछि भट्टराईले सिंहदरबार स्थित संसद् सचिवालय पुगेर पुगेर उम्मेदवारी दर्ता गरेकी हुन् । उनको प्रस्तावक प्रतिनिधिसभा सचेतक शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल रहेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराइसकेकी छन् । भोलि शुक्रबार उपसभामुखको निर्वाचन हुँदैछ ।