शहरी सौन्दर्यकरण गर्न सौन्दर्य प्रजातिका बिरुवा रोपण

असार ३१, २०७९


तुलसीपुर, ३१ असार ।

शहरी सौन्दर्यकरणका लागि तुलसीपुर बजार क्षेत्रमा सुन्दरता देखिने बिरुवा रोपण सुरु गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाको बजार क्षेत्रका साथै घोराही तुलसीपुर सडकखण्डको तुलसीपुरदेखि हात्ती खौवासम्म बिरुवा रोपण सुरु गरिएको हो ।

बजार क्षेत्रमा आउने सेवाग्राहीका साथै पर्यटकहरुलाई सुन्दरता देखाउनका लागि गुल्मर,कल्की,कपुर प्रजातिका बिरुवा रोपण सुरु गरिएको पालिकाका वन अधिकृत ओमकान्त भट्टराईले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयको सहयोगमा बजार क्षेत्रमा सुन्दरता कायम गर्न र तुलसीपुर उपमहानगरपालिकाभित्र रहेका सामुदायिक वनल लगायतका क्षेत्रमा तीस हजार बिरुवा रोपण गरिएको अधिकृत भट्टराईले जानकारी दिनुभयो ।

यसैबीच सरसफाई तथा फोहोर व्यवस्थापन शाखाको आयोजनामा बिरुवा रोपण सुरु गरिएको हो । नगरप्रमुख टीकाराम खड्काको अध्यक्षता एवम उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधिश नीता गौतम दीक्षितको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि मुख्य न्यायाधिश नीता गौतम दीक्षितले वातावरण सफा राख्न र प्रदूषण हटाउनका लागि बिरुवा रोपण अनिवार्य भएको बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख टीकाराम खड्काले बजार क्षेत्रको वातावरण स्वस्थ र सफा राख्नका लागि बिरुवा रोपण गरिएको बताउनुभयो । कार्यक्रममा संविधान सभा सदस्य बुद्विराम भण्डारीले बजार क्षेत्रमा सुन्दरता देखाउनका लागि बिरुवा रोपण कार्य सकारात्मक भएको र यो गाउँगाउँसम्म पु¥याउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा मुख्य न्यायाधीस नीता गौतम दीक्षित,नगरप्रमुख टीकाराम खड्का,उपप्रमुख स्यानी चौधरी,संविधान सभा सदस्य बुद्विराम भण्डारी,प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेलले विभिन्न प्रजातिका बिरुवा रोपण गर्नुभएको थियो । कार्यक्रममा बारेमा प्रमुख प्रशासकीय अकिृत मोहन पौडेलले जानकारी दिनुभएको थियो भने सरसफाई शाखाका प्रमुख माधव पौडेलले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।