एकैदिन ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित झन्डै २ हजार

साउन ०३, २०७९


साउन ३, मुलुकभर पछिल्लो २४ घन्टाको अवधिमा ३५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १ हजार ८५७ जनामा पीसीआर परीक्षण गर्दा २६८ र १५ सय एन्टीजेन परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ६२ जना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

यो सँगै कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ९ लाख ८२ हजार ०६२ पुगेको छ भने एन्टीजेनतर्फ १ लाख ४१ हजार ८८ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ९ लाख ६८ हजार १२६ पुगेको छ भने हालसम्म ११ हजार ९५४ जनाको मृत्यु भएको छ । हाल देशभर १ हजार ९८२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।