कांग्रेसको प्रमुख सचेतक चित्रलेखा यादव र सचेतक मीन विश्वकर्मा नियुक्त

साउन ०४, २०७९


साउन ४, नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा यादव र सचेतकमा मीन विश्वकर्मालाई नियुक्त गरेका छन् । स्रोतका अनुसार देउवाले बुधबार उनीहरूलाई नियुक्त गरेका हुन् । यसअघि कांग्रेसका प्रमुख सचेतक रहेका बालकृष्ण खाण थिए । एक वर्षअघि उनी गृहमन्त्री बनेका थिए । कांग्रेस सचेतक पुष्पा भुसाल गत साता उपसभामुखमा निर्वाचित भएपछि दुबै पद खाली भएको थियो । देउवाले पूर्वउपसभामुख समेत रहेकी चित्रलेखालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।