अखिल नेपाल किसान महासंघ राप्तीद्वारा २७ बुँदे माग सहित गाउँपालिकालाई ज्ञापनपत्र

साउन ०८, २०७९


भालुवाङ ८ साउन ।

राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल किसान महासंघ राप्तीले विभिन्न २७ बुँदे माग राखि राप्ती गाउँपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

महासंघका अध्यक्ष विष्णुप्रसाद आचार्यको नेतृत्वमा गएको टोलीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापती चौधरीलाई सो ज्ञापन पत्र बुझाएको हो । महासंघले खेतीको समयमा मल र विउको समयमा व्यवस्था गर्न माग गरेको छ ।

त्यसै गरि गाउँपालिका भित्र रहेका शहरी क्षेत्रबाट उत्पन्न हुने फोहरबाट कम्पोष्ट तथा जैविक मल उत्पादन गरि जैविक मल प्रयोगलाई प्रोत्साहन गर्न, रासायनिक मल तथा विउमा थप अनुदान वृद्धि गर्न, खाद्यान्न तथा तरकारीको उन्नत तथा वर्णशंकर विउ विजन यहिं उत्पादन गरि विदेश बाट आयातित विउ विजनलाई निरुत्साहीत गर्न माग गरेको छ ।