नेपाल प्रेस युनियनमा ३ पदाधिकारी सहित ११ जना दंगाली पत्रकार निर्वाचित

साउन ०९, २०७९


साउन ९, नेपाल प्रेस युनियनको साउन ६ र ७ गते मकवानपुरको हेटौडामा भएको महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा दाङका ११ जना पत्रकारहरु बिजयी भएका छन् । नेपाली कांग्रेसको स्भेच्छुक संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवशनबाट दाङका ३ जना पदाधिकारीमा र ८ जना सदस्य पदमा बिजयी हुुनुभएको हो ।

उपमहासचिवमा सुलोचना गौतम, सचिवमा भुवन शर्मा र कोषाध्यक्षमा माधव धिताल बिजयी हुनुभएको छ । यस्तै सदस्यहरुमा मुक्तीबाबु रेग्मी, बसन्त योगी, चेतन रेग्मी, लोकराज अधिकारी, नारायणी रजौरे, आत्मा गुरागाई, लक्ष्मीमान चौधरी र अञ्जना चौधरी बिजयी भएको नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।