सांसदहरुलाई अनिवार्य मास्क लगाउन सभामुखको आग्रह

साउन १०, २०७९


साउन १०, सभामुख अग्नि सापकोटाले कोरोना संक्रमण पुनः बढ्दै गएकाले मास्क प्रयोग गर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख सापकोटाले कोभिड १९ को संक्रमण दर बढ्दै गइरहेको भन्दै संसदका बैठकमा उपस्थित हुँदा मास्क प्रयोग गर्न आग्रह गरेका हुन् । साथै उनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने तीन हजार भन्दा बढि संक्रमित आइशोलेशनमा छन् ।