देशभर थपिए ६३८ कोरोना संक्रमित, दुईको मृत्यु

साउन १०, २०७९


साउन १०, पछिल्लो २४ घन्टामा देशभर थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ६३८ जनामा संक्रमण पुष्टि भएको हो । पाँच हजार ५५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

दुई हजार २१५ जनाको पिसिआर र दुई हजार ८४० जनाको एन्टिजेन परीक्षण गरिएको थियो । अहिले देशभर तीन हजार ७१४ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टा मा दुई जनाको मृत्यु भएको छ । २१८ जना संक्रमित निको भएका छन् ।