तुलसीपुरको युवम होटलमा बन्धक बनाइएका युवकको उद्धार, ६ जना पक्राउ

साउन १०, २०७९


तुलसीपुर, १० साउन ।

दाङको तुलसीपुर स्थित सल्यान रोडमा रहेको युवम होटेलमा बन्धक बनाइएका एक युवकको प्रहरीले उद्धार गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुृरका डिएसपी श्यामु अर्याललेका नेतृत्वमा गएको १५ जनाको प्रहरी टोलिले दैलेखको चामुन्डाबिन्द्रसैनी नगरपालिका–३ बस्ने बर्ष २७ को केशव कुमार बिकको उद्धार गरेको हो ।

दाङका युवाहरुले बुटवलमा बोलाएर एक महिलासंग होटलमा भेट गराए लगत्तै युवकलाई अपहरण गरेर तुलसीपुर ल्याईपु¥याएका थिए । ७ लाख रुपैयाँ नदिए ज्यान मार्ने धम्कि दिएर युवकलाई होटेलमा बन्धक बनाएर राखेको खबर पाए लगत्तै प्रहरीले दिउँसो साढे चार बजे होटलमा छापा मारेको थियो । तुलसीपुर प्रहरीलाई दैलेखबाट पिडितकी श्रीमतीले खबर गरेको प्रहरीले बताएको छ ।

फोन गरेर बोलाउने युवति सहित ६ जना पक्राउ
यसैबिच घटनामा संलग्न रहेको आरोमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बबई गाउँपालिका – ४ निबासी ३५ बर्षका लिला बिक, सोही ठाउँ निबासी ३५ बर्षका नेव बहादुर घर्ती (मार्शल) , तुलसीपुर उपमहानगरपालिका– ४ खाद्रे निबासी २५बर्षका सुक्लाल बिक, कपिलवस्तुको शिवराज नगरपालिका– ९ निबासी २० बर्षका २० का मनोज थारु, बागमति प्रदेश ०१–०२५च८७२९ नं. को गाडी चालक .प्युठानको गौमुखि गाउँपालिका–७ घरभई हाल तुलसीपुर उपमहानगरपालिका–.६ निबासी २४ बर्षका जनक कुँवर र तुलसीपुर उपमहानगरपालिका–७ निबासी २६ बर्षकी निर्मला बिक रहेका छन् ।

निर्मला बिकले काठमान्डौबाट दैलेखका लागि बसमा चढेका केशवलाई सम्पर्क गरेर बुटवलमा ओरालेको डिएसपी अर्यालले बताउनुभयो । पिडित केशवसंग सुकलाल र मनोजको रोजगारीका क्रममा साउदीमा चिनजान भएको थियो । मार्शल र लिलाको योजनामा निर्मला सहित बुटवल पुगेका उनिहरुले केशवलाई बुटवलमा ओरालेर कुटपिट पश्चात मंगलबार बिहान २ बजे युवम् होटलमा ल्याई पु¥याएका थिए । पक्राउ परेका सबैलाई प्रहरीले अपहरण तथा शरिर बन्धक शिर्षक मुद्दा चलाउने तयारी गरेको छ ।

प्रहरीका अनुसार मार्शल र लिला बिकले बाहिर बाहिर लेनदेनको मुद्दा मिलाएर चर्को पैसा असुल्ने धन्दा गर्दछन् । केहि समय अघि पनि लेनदेनको मुद्दा मिलाउने भन्दै एक व्यक्तिकलाई कुटपिट पश्चात बन्धक बनाएर राखेको उजुरी परेपछि पक्राउ गरेर मुद्दा चलाएको डिएसपी अर्यालले बताउनुभयो ।