माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक हुने

साउन ११, २०७९


तुलसीपुर , ११ साउन ।

 माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । हिजो बसेको बोर्ड बैठकमा नतिजा प्रकाशनको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको थियो । आज एसईईको नतिजा सार्वजनिक गर्ने उच्च सम्भावना रहेको बोर्डका प्रवक्ता जङ्गबहादुर अर्यालले बताउनुभयो । यो वर्ष देशभरका २७ सय परीक्षा केन्द्रबाट ५ लाख १४ हजार ७ सय ६० जना विद्यार्थीले परीक्षा दिएका छन् ।त्यसमध्ये जापानको १ परीक्षा केन्द्रबाट २० जना विद्यार्थीले एसईई दिएका छन् ।