दंगिशरण गाउँपालिकाले गर्यो करको दरमा हेरफेर

साउन ११, २०७९


प्रमोद आचार्य साउन ११, दंगिशरण गाउँपालिकाले करको दरमा हेरफेर गरेको छ । आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत आर्थिक ऐन २०७९ अनुसार करको दरमा हेरफेर गर्दै यस अघि लिदै आएको नागरिकता सिफारिस शुल्क १५० लाइ हटाएर निशुल्क गरेकोछ । ०७८/७९ मा घर बाटो सिफारिस पहिले प्रति कित्ता क बर्ग १५०० ख बर्ग १००० ग बर्गको ८०० घ बर्गको ६०० ङ बर्ग को ५०० र च बर्गको ३०० रुपैया कायम गरेको थियो । थोरै प्रति कित्ता गर्दा सेवाग्राहीले धेरै शुल्क तिर्नु परेको जन गुणासो बढेपछि अहिले प्रति कठ्ठाको आधारमा शुल्क निर्धारण गरिएको दंगिशरण गाउँपालिका राजस्व प्रमुख किरण पोख्रेलले जानकारि दिनुभयो ।
अहिले आर्थिक बर्ष २०७९/८० बाट घर बाटो सिफारिस ५ कठ्ठा सम्म ५००, १० कठ्ठा सम्म ८००, १५ कठ्ठा सम्म १०००, १ बिगाहा सम्म १२००, र २ बिगाहा देखि माथि जतिसुकैको २००० कायम गरिएको छ । यस्तै गाउँपालिकाले नागरिकता ,अपाङ्गता परिचयपत्र सिफारिस लागायत ६ प्रकारका सिफारिसहरुलाइ निशुल्क गरिएको पालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।

दंगिशरण गाउँपालिकाले चालु आर्थिक वर्षमा १ करोड ३५ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । नागरिकमाथिको करको भार घटाएर दायरा बढाउने गरी करको दरमा हेरफेर गरिएको दंगिशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले जानकारी दिनुभयो । उहाँले राजस्व परामर्श समितिको सिफारिश अनुसार चालु आर्थिक वर्षको राजस्व संकलनको प्रक्षेपण गरिएको बताउनुभयो । यसअघि ८० लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य लिइएकोमा ३० लाख ७६ हजार ४ सय ३० रुपैयाँ संकलन भएको राजस्व शाखा प्रमुख किरण पोख्रेलले बताउनुभयो ।