रक्त संचार सेवा दिवसमा रोटरि क्लब द्वारा रक्तदान

साउन १२, २०७९


शरद रेग्मी, तुलसीपुर १२ साउन । ५६ औ रक्त संचार सेवा दिवसको अबसर पारेर रोटरि क्लब अफ तुलसीपुर सिटिले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । क्लबका अध्यक्ष यज्ञ बहादुर केसिको अध्यक्षता एवम नेपाल रेडक्रस सोसाईटि दाङका कोषाध्यक्ष खुसल तर्तालको प्रमुख आतिथ्यता एवम रोटरि डिष्ट्रिक ३२९२ जोन २६ का एजि तुफान बाबु श्रेष्ठको बिशिष्ट आतिथ्यतामा उदघाटन कार्यक्रम आयोजना गरिएको थियो ।

सो अबसरमा पुर्ब अध्यक्ष बिमल रिजाल, रेडक्रस दाङका सदस्य हरिहर पौडेल, रोट्रयाक्ट क्लब अफ तुलसीपुरका अध्यक्ष नारायण गौतम लगायतकाले रोटरि क्लबले समाजमा गरेका सामाजिक कामहरुको प्रशंसा गरका थिय । सो अबसरमा रोटरियनहरु तुफानबाबु श्रेष्ठ,मोहन भण्डारि, रोट्रयाक्ट नारायण गौतम, प्रबेश श्रेष्ठ, रिसव रिजाल रिमा चौधरि, झबिन्द्र ज्ञवालि लगायतकाले रक्तदान गरेका थिय । कार्यक्रमको सहजिकरण रोट्रयाक्ट क्लबका महासचिब आकाश सिहले गरेका थिय ।