पार्टी पदाधिकारी टुंगो लगाउन माओवादी नेताहरुको माग

साउन १२, २०७९


साउन १२, नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पार्टी पदाधिकारी सहित स्थायी समिति र पोलिटब्युरो टुंगो लगाएर जानुपर्ने माग राखेका छन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार सुरु भएको स्थायी समिति बैठकमा नेताहरुले आफ्नो धारणा राख्नेक्रममा पदाधिकारी सहित सम्पूर्ण कमिटी टुंगो लगाउन दबाब दिएका हुन् ।

बैठकमा नेताहरु पाँच दलीय गठबन्धनको लाभ र नोक्सानी, समाजवादी केन्द्र निर्माण, आगामी संघ र प्रदेशको चुनावी रणनीति सहित समसायमयिक विषयमा धारणा राखेको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए । आगामी प्रदेश र संघको चुनावमा कुन योजना र रणनीति अपनाउन सकिन्छ भन्ने विषयमा नेताहरुले आ-आफ्नो धारणा राखेको पोखरेलले बताए । यहीँ स्थायी समिति बैठकबाट स्थायी समिति र पोलिटब्युरोको टुंगो लाग्ने भएको छ ।